एकाधिकार कायम गरेको भन्दै फेसबुकविरूद्ध अमेरिकाका ४८ राज्यले दायर गरे मुद्दा | Khabarhub Khabarhub

एकाधिकार कायम गरेको भन्दै फेसबुकविरूद्ध अमेरिकाका ४८ राज्यले दायर गरे मुद्दा


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एकाधिकार कायम गरेको भन्दै अमेरिकाका ४८ वटा राज्यले फेसबुकविरूद्ध मुद्दा दायर गरेका छन् ।

फेसबुकले गैरकानूनीरूपमा प्रतिस्पर्धीहरूलाई किन्ने तथा  दबाउने काम गरेको सङ्घीय नियामकहरू र ४८ वटा राज्यका अभियोजनकर्ताहरूके आरोप छ ।

कुनै पनि सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम भएको बीबीसीले जनाएको छ ।

फेसबुकले आफ्नो एकाधिकार लाद्न अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत लगानी गरेको अभियोजनकर्ताहरूको दाबी छ ।

४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन फेसबुकले साना कम्पनीहरू पनि आफ्नै नियन्त्रणमा लिएको दाबी गरेकी छन् ।

फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किनेको थियो । फेसबुकको एकाधिकार हटाउन इन्स्टाग्राम र ह्वाट्सएपबाट उसको लगानी झिक्न पर्ने माग दाबी गरिएको छ ।

तर, फेसबुकले भने अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौँअघि स्वीकृत गरिसकेको प्रष्ट्याएको छ ।

फेसबुककी बरिष्ठ कानुनी सल्लाहकार जेनिफर न्यूजस्टिडले अमेरिकी व्यावसायलाई कुनै पनि विक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिन सरकार उद्धत भएको आरोप लगाएकी छन् ।

 

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  १० : १५ बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु