भान्सासम्बन्धी अति उपयोगी वास्तु ज्ञान | Khabarhub Khabarhub

भान्सासम्बन्धी अति उपयोगी वास्तु ज्ञान


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार घरमा भान्साको महत्व अहम रहन्छ । भान्साकालागी घरको दक्षिणपूर्व दिशा अर्थात आग्नेय कोणको सर्वश्रेष्ठ मानिएको छ ।

यस दिशामा अग्नि अर्थात ऊर्जाको वास हुने गर्दछ । यस दिशाका स्वामी ग्रह शुक्र हुन् । यस्तोमा सही दिशामा नहुँदा भान्सामा लामो समय बिताउने मानिसमा नकारात्मक असर पर्दछ । तसर्थ वास्तु अनुसार भूलेर पनि दक्षिण पश्चिम दिशामा भान्सा बनाउनु हुदैँन ।

दक्षिण पश्चिम दिशामा भान्सा हुनु ठुलो वास्तु दोष मानिन्छ । यस्तोमा घरमा अनावश्यक खर्च बढ्ने गर्दछ । वास्तु अनुसार यस दिशामा भान्सा हुदाँ घरका सदस्यहरुमा समस्या आउन सक्छ ।

किचनमा ग्यास वा चुल्हो राख्ने स्ल्याब पूर्व तथा उत्तर दिशातर्फ हुनु पर्दछ । जसका कारण खाना बनाउनेको मुख उत्तर वा पूर्व हुने गर्दछ ।

भान्सामा फ्रिज हमेशा उत्तर पश्चिम दिशामा हुनु पर्दछ । भान्साका खाद्य पदार्थ पिठो, चामल, दाल लगायतका सामाग्री पश्चिम अथवा दक्षिण दिशामा हुनु शुभ मानिन्छ । भान्सामा मन्दिर बनाउनु हुदैँन । साथै भान्सा र पुजाकोठा सामुन्ने हुनु हुदैँन ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : ०८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड