गण्डकी प्रदेशमा १६६ संक्रमित थपिए, एक जनाको मृत्यु | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा १६६ संक्रमित थपिए, एक जनाको मृत्यु


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११२ पुगेको छ।

प्रदेशमा कोरोना संक्रमण हुनेको सङ्ख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय संक्रमितको सङ्ख्या चार हजार ४४४ पुगेको छ।

सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। संघद्वारा मंगलवार यहाँ आयोजित कार्यक्रममा पोखराबाट सञ्चालित २५ वटा अनलाइन सञ्चारमाध्यमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका बाबजुद सञ्चारकर्मीहरू अग्रपङ्क्तिमा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी स्वास्थ्य समाग्री वितरण गरिएको संघका अध्यक्ष ढाकामोहन (गणेश) बरालले जानकारी दिए।

उनका अनुसार प्रति सञ्चारमाध्यम १०० वटा सर्जिकल माक्स, १० वटा एन ९५ माक्स र सेनिटाइजर उपलब्ध गराइएको हो। युकेबाट समाजसेवी इन्द्र घोतानेको सक्रियतामा संघलाई प्राप्त ९१ हजार रुपैयाँबाट ती स्वास्थ्य सामग्री खरिद गरिएको उनले जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना प्रभावित सबै क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन प्रदेश सरकार नीतिगत रुपमा अघि बढिरहेको बताए। कोरोना नियन्त्रणभन्दा बाहिर गएको विद्यमान अवस्थामा आफैँ सुरक्षित रहनुपर्ने आवश्यकता औँल्याउँदै उनले कोरोनालाई व्यावहारिक ढङ्गले नियन्त्रणमा लैजानुपर्ने उल्लेख गरे।

प्रदेश सरकारले केही समय अघि सूचना सार्वजनिक गर्दै ल्याएको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव र प्रतिक्रियाका आधारमा बढाइने मन्त्री गुरुङले बताए। सो अवसरमा उनले संघको आधिकारिक वेभसाइट ओजाग डट ओआरजी डट एनपी पनि सार्वजनिक गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार रामजी लम्साल, केशव पाठक, संघका कोषाध्यक्ष सुनिल पाण्डेलगायतले कोरोना महामारी र सञ्चारकर्मीले भोगेका समस्याका बारेमा बोलेका थिए।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ५६ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा