राजस्व कार्यालयले भेटेन लक्ष्य | Khabarhub Khabarhub

राजस्व कार्यालयले भेटेन लक्ष्य


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल रु एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु ३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउनु र मदिराजन्य पदार्थको कारोवारमा कमी आउनु कारण रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ ।

असोजसम्ममा आम्दानी करमा १११ प्रतिशत र मूल्यअभिवृद्धि करमा १३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत मात्र प्रगति गरेको देखाएको छ ।

सङ्कलित राजस्वमा आम्दानी कर रु ५४ करोड ८८ लाख, मूल्यअभिवृद्धि कर रु ५७ करोड १५ लाख ४७ हजार र अन्तःशुल्क रु ५१ करोड ६४ लाख ७८ लाख असुली भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार असोजमा आम्दानी करमा १२३ प्रतिशत, मूल्यअभिवृद्धि करमा १७८ प्रतिशत र अन्तःशुल्कमा ६८ प्रतिशत प्रगति गरेको छ । सो महिनामा रु ६५ करोड ३० लाख ३१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ६३ करोड २१ लाख ९१ हजार राजस्व सङ्कलन गरी लक्ष्यमा ९७ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख सापकोटाले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १२ : १३ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड