हङकङबाट पनि सुरू भयो सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा | Khabarhub Khabarhub

हङकङबाट पनि सुरू भयो सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा हङकङबाट पनि सुरू भएको छ ।

हङकङको वायरइज् रेमिट्यान्स कम्पनी र सिटी एक्सप्रेसबीच सम्झौता भएसँगै अब हङकङबाट पनि नेपालमा रकम पठाउन सकिने भएको हो ।

सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डन र वायरइजका निर्देशक रितु त्रिपाठीबीच रेमिट्यान्स कारोबार सुरू गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

हङकङमा हुने नेपालीहरुले वायरइज् रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

सिटी एक्सप्रेससँग आवद्ध नेपालका १० हजार भन्दाबढी  जुनसुकै एजेन्टहरूबाट रकम भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

यसअतिरिक्त नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने जनाइएको छ ।

यही नोभेम्बर ३० सम्म रकम पठाउनेका लागि कुनै शुल्क नलिइने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : २१ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय