स्पेनमा १५ दिनको आपतकाल घोषणा | Khabarhub Khabarhub

स्पेनमा १५ दिनको आपतकाल घोषणा


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्पेनमा फेरि प्रतिबन्ध लगाउन थालिएको छ ।

संक्रमण बढेपछि राजधानी मड्रिडमा १५ दिनको आपतकाल घोषणा गरिएको छ ।

एक हप्ता अघि लगाइएको आंशिक लकडाउन हटाइएपछि सरकारले आपतकालीन अवस्था लागु गरेको हो ।

मड्रिडमा आपतकालीन अवस्था लागु गर्नका लागि सात हजार भन्दा बढी प्रहरी परिचालन हुनेछन् ।

मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागु गर्न नचाहेपछि केन्द्र सरकारले आपतकाल लागु गरेको हो ।

महामारीको पहिलो लहरमा नियन्त्रण गर्न सफल भएको स्पेनमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ।

पछिल्लो २४ घण्टामा स्पनेमा ५ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै स्पेनमा कोरोना संक्रमितको संख्या ८ लाख ९० हजार ३६७ पुगेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ३० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक