चना र केराउ खाने गर्नुभएको छ ? यस्ता छन् ८ फाइदा | Khabarhub Khabarhub

चना र केराउ खाने गर्नुभएको छ ? यस्ता छन् ८ फाइदा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीमध्ये धेरैले दैनिक जीवनमा केराउ तथा चना खाँदै आएका छौं । खाजामा होस् या तरकारीका रुपमा केराउ तथा चनाको प्रयोग हुने गर्छ ।

चना र केराउले हामीलाई फाइदा पनि गर्छ । यसमा भएको तत्वले हामीलाई स्वस्थ राख्न उत्तिकै फाइदा पुर्‍याउँछ ।

केराउ र चना खाँदाका ८ फाइदा छन् । ती फाइदाका बारेमा जानौं:

– चना तथा केराउमा फाइबर हुन्छ । जसले गर्दा यसको सेवन गर्दा तौल घटाउँछ । मोटोपनको समस्या छ भने चना र केराउ खाँदा फाइदा हुन्छ । यसले शाकाहारी भोजनमा पनि बल प्रदान गर्छ । जसकारण चना र केराउलाई डाइटमा समेत प्रयोग गरिन्छ ।

– चना तथा केराउ खाँदा शरीरमा शक्तिको मात्रा बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि विकास हुन्छ । त्यसैले यसलाई फाइदाजनक मानिन्छ ।

– त्यतिमात्र नभएर चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।

– चना र केराउले महिलामा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई नियमित बनाउँछ । जसकारण महिलाको छातीको क्यान्सर हुने सम्भावना पनि घट्छ ।

– चना तथा केराउमा हुने फलाम तत्त्वको कारणले रक्तअल्पता हुने सम्भावना घटेर जान्छ ।

– कति व्यक्तिमा रक्तचापमा समस्या हुने गर्छ । केराउ र चना खाँदा उच्च रक्तचाप पनि केही हदसम्म कम हुन्छ । साथै यसले रक्तचापलाई पनि नियमित बनाउँछ ।

– यदि तपाईंमा खाना नपच्ने समस्या छ भने केराउ र चना उत्तिकै लाभदायक हुन्छ । यिनीहरूमा हुने फाइबरका कारण अपच हुने समस्या घट्छ ।

– त्यति मात्र होइन, चना तथा केराउको नियमित खाँदा मुटु पनि स्वस्थ रहन्छ । त्यस्तै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता पनि हटाउँछ ।

 

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ३ : २७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई