सांसद गिरीद्वारा संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता | Khabarhub Khabarhub

सांसद गिरीद्वारा संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।

नेपालको अद्यावधिक राजनीतिक नक्सालाई संविधानको अनुसुचीमा रहेको नेपालको निशान छापमा समेत समावेश गर्न सरकारले संविधान संसोधन विधेयक पेश गरिसकेको छ ।

मंगलबार सैद्धान्तिक छलफल सकिएको विधेयकमाथि संशोधन हाल्ने समय खुलेपछि सांसद गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

सांसद गिरीले दर्ता गरेको प्रस्तावमा नेपालले दाबी गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने प्रमाण नभएको भन्दै उक्त दफा हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । समाजवादी पार्टीले सांसद गिरीलाई उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अडगरियाले संशोधन फिर्ता नलिए सांसद गिरीलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् । उनले संशोधन प्रस्ताव फिर्ता नलिए सांसदबाटै हटाउन सक्ने चेतावनी समाजवादी पार्टीले दिएको छ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ६ : ३३ बजे

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा