मुलुकका विभिन्न स्थानमा वर्षा, मनसुन सुरू हुन केहि दिन लाग्ने | Khabarhub Khabarhub

मुलुकका विभिन्न स्थानमा वर्षा, मनसुन सुरू हुन केहि दिन लाग्ने


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ –  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ ।

नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले आज पनि मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश ५, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ का सबै भू-भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा  र प्रदेश २ का पश्चिम तिरका भू-भागहरुमा सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दैनिकजसो वर्षा भए पनि नेपालमा अहिल्यै मनसुन भने भित्रिएको छैन । सामान्यतया नेपालको पूर्वी भू-भागमा आजकै दिन अर्थात् जुन-१० मा मनसुन सुरु हुने भएता पनि यस वर्ष नेपालमा मनसुन शुरु हुन अझ केहि दिन लाग्ने महाशाखाले प्रष्ट्याएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ७ : १८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम