निर्माण व्यवसायी महसंघद्वारा सातै प्रदेश सरकारलाई सहयोग | Khabarhub Khabarhub

निर्माण व्यवसायी महसंघद्वारा सातै प्रदेश सरकारलाई सहयोग


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल निर्माण व्यवसायी महासंघले सातै प्रदेश सरकारलाई कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले ९१ लाख सहयोग गरेको छ ।

सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट  कट्टा गरि जम्मा भएको निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरि कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरुलाई उक्त रकम सहयोग गर्ने गरेको शुक्रबार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ती जारी गर्दै जानकारी गराए ।

सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश निर्माण व्यवसायी महासंघको अनुरोध र समन्वयमा भएको जानकारी गराएको छ ।

यस अघि पनि महासंघले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

यसरी दुई पटक गरि महासंघले  कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १ करोड ९१ लाख रूपैयाँ सहयोग गरेको जानकारी गराएको छ ।

महासंघ अन्तर्गतका प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघ र एशोसिएट निर्माण व्यवसायी  फर्म कम्पनी सदस्यहरूलाई देशभर आआफ्नो ठाउँबाट स्वास्थ्य सुरक्षा अपनाई कोरोना भाईरसबाट पिडितलाई राहत र यसको  रोकथामको लागि सक्दो सहयोग गर्न  समेत महासंघले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ०४ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा