कोरोनाले पारेको प्रभावबारे कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा विज्ञहरुसँग छलफल | Khabarhub Khabarhub

कोरोनाले पारेको प्रभावबारे कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा विज्ञहरुसँग छलफल


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसले पारेको प्रभावबारे विज्ञहरुसँग छलफल गरेका छन् ।

नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत अर्थतन्त्रका विज्ञहरुसँग विहिवार छलफल गरेका हुन् ।

छलफलमा विज्ञहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो ।

विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने बताएका छन् ।

छलफलमा योजना आयोगका पूर्वउपाध्यक्षहरु डा.गोविन्द पोखरेल, स्वर्णिम वाग्ले, प्रा. इन्जिनियर कमल रिजाल, सुरज पोखरेल,  सिद्धिगणेश श्रेष्ठ, माधवप्रसाद पौडेल, प्रधुम्नराज पाण्डे, र सहदेवप्रसाद हुमागाँई सहभागी थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ३४ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्