सरकारी कागजात किर्ते गरेको अभियोगमा मालपोतका खरिदार पक्राउ « Khabarhub

सरकारी कागजात किर्ते गरेको अभियोगमा मालपोतका खरिदार पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सरकारी कागजात किर्ते गरेको अभियोगमा सप्तरी प्रहरीले १ जना सरकारी (निजामति) कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मा छन् ।

सप्तरीको डाकेश्वरी नगरपालिका–९ घर भएका ७६ वर्षीय फुरन चौधरी थारुको उजुरीका आधारमा खरिदार नवीन विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।

डीएसपी भारतले खरिदार विश्वकर्माले किर्ते गरेका सरकारी कागजातबारे भने केही खुलाउन मानेनन् ।

‘उनी (विश्वकर्मा)विरुद्ध उजुरी परेपछि प्रारम्भिक छानबिनका क्रममा किर्ते गरेको भेटिएपछि पक्राउ गरिएको हो,’ भारतीले भने, ‘अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : ०४ बजे

जन्मदिनमा स्वस्तिमा : कुटुमा कुटु गर्लको  ‘बुलबुल’ यात्रा 

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काको परिचय केही समय यता फेरिएको छ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते

बाजुरा– अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु

चालक अनुमति पत्रका विषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन

काठमाडौँ–  नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले

श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित 

काठमाडौँ– श्रीलंका क्रिकेट भ्रमणमा रहेको महिला भारतीय टोलीले लगातार दोस्रो

हलिउड शैलीमा सिनेम्याटिक युनिभर्स बनाउँदै रोहित 

काठमाडौँ– हलिउड फिल्म झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बन्न थालेका