कस्तो थियो रावणको परिवार ? | Khabarhub Khabarhub

कस्तो थियो रावणको परिवार ?


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैलाई रामायणका मुख्य पात्र मध्ये एक रावणका बारेमा थाहा नहुन सक्छ । उनी महाविद्धान मानिन्थे । आज हामी रावणको पत्नी, सन्तान, मातापिता र हजुरबुवा हजुरआमाका बारेमा चर्चा गर्नेछौ ः

रावणको हजुरबुवा हजुरआमा (घरतर्फ)
रावणका हजुरबुवा ब्रह्माका पुत्र महर्षि पुलस्त्य थिए भने हजुर आमा हविर्भुवा थिइन् ।

रावणका मावली हजुरबुवा हजुरआमा
रावणको मावली हजुरबुवाको नाम सुमाली थियो भने हजुरआमा ताड़का थिइन् ।

रावणका माता पिता
रावणका पिताको नाम ऋषि विश्वश्रवा र माताको नाम कैकसी हो । कैकसी विश्वश्रवाकी दोश्रो श्रीमती हुन् । यसअघि उनकको विवाह इलाविडासँग भएको थियो । जसबाट कुबेरको जन्मको भएको थियो ।

रावणका दाजुभाइ दिदिबहिनी
रावणका ८ दाजुभाइ दिदीबहिनी थिए । रावणकी आमाका तर्फबाट विभीषण, कुम्भकरण, अहिरावण, खर, दूषण र दुई बहनी सूर्पनखा र कुम्भिनी थीए । रावणको सौतेनी दाजु कुबेर हुन् ।

रावणका पत्नी
रावणका तीन पत्नी थिए । जसमा पहिली मन्दोदरी, दोस्री धन्यमालिनी र तेस्रीको नाम शास्त्रमा उल्लेख छैन । मंन्दोदरी राजा मायासुर र अप्सरा हेमीकी पुत्री थिइन् ।

रावणका सन्तान
प्रचलित कथा अनुसार रावणका सन्तानमा मेघनाद (इन्द्रजीत), अक्षय कुमार, अतिकाय, देवकान्ता, नरन्तका र त्रिशिरा हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ११ बजे

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु