पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत सुरक्षित भएको दाबी  | Khabarhub Khabarhub

पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत सुरक्षित भएको दाबी 


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पिफाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको बिबिसीले उल्लेख गरेको छ।

खोप निर्माणकर्ता ‘पिफाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन् ।

उनीहरुले निर्माण गरेको खोप छ वटा देशमा ४३ हजार बढी मानिसहरुमा परीक्षण गरिएको थियो ।

उक्त कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएको छ ।

अहिले विश्वभर एक दर्जन भन्दा बढी कम्पनीहरु खोप परीक्षणको अन्तिम चरणमा छन् । ती मध्येमा पिफाइजर नतिजा सार्वजानिक गर्ने पहिलो कम्पनी बनेको छ ।

यो खोप तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरुमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको अनुसन्धानमा उल्लेख छ ।

पिफाइजरका अनुसार यो वर्षको अन्त्य सम्म ५ करोड डोज उत्पादन हुन सक्छ । पिफाइजरका प्रमुख डाक्टर अल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरका मानिसहरुलाई यो विश्वव्यापी स्वास्थ्य संकटबाट निकाल्नको केबल एक कदम पछि छौँ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : २९ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्