गण्डकीमा कोभिड-१९ रोकथामका लागि २५ करोड खर्च | Khabarhub Khabarhub

गण्डकीमा कोभिड-१९ रोकथामका लागि २५ करोड खर्च


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशले कोराना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि  हालसम्म २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जनाएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जानकारी दिएका हुन ।

डा. केसीका अनुसार प्रदेशमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई पाँच करोड २७ लाख ७३ हजार जोखिम भत्ता उपलब्ध गराइएको छ । त्यसैगरी ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापनका लागि पनि एक करोड ५३ लाख उपलब्ध गराइएको छ । ८५ स्थानिय तह भए पनि जहाँ जहाँ क्वारेन्टाइन सञ्चालन छन् त्यहाँ मात्र रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

उनले कोभिड–१९ का लागि प्रदेशका जिल्लामा आइशोलेसन, पिसिआर मेशिनदेखि अन्य आवश्यक उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतका सामान खरीदका लागि उक्त रकम खर्च भएको जानकारी दिए । प्रदेशका केही जिल्लामा उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावले समस्या सृजना भएको उनको भनाइ छ ।

गण्डकी प्रदेशको कोरोना संक्रमणको ग्राफ हेर्ने हो भने सबै भन्दा बढी संक्रमित कास्कीमा रहेका छन् । कास्कीमा ४२.९६ प्रतिशत देखिएको छ । त्यसपछि नवलपरासीको पूर्व, तनहुँ, बागलुङ, गोर्खा, स्याङ्जा, पर्वत, लमजुङ म्याग्दी रहेका छन् भने मनाङ, मुस्ताङ खतरा बाहिर छ ।

महामारी बढ्दै जाँदा पोखरा महानगरपालिकाले १०४ शै्ययामा अक्सिजन पाइप जडानको शुरुवात गरेको छ । जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनको लागि १९ लाख बजेट छुट्याएर काम अगाडि बढाइएको उपप्रमुख मञ्जु गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम