चितुवा आतङ्कले स्थानीयवासी त्रसित | Khabarhub Khabarhub

चितुवा आतङ्कले स्थानीयवासी त्रसित


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतङ्कले स्थानीयवासी त्रसित भएका छन् ।

चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ ।

स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट पाँच वटा खसीबोका मरेको छ । “घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्,” उनले भने ।

वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतङ्क रहेकाले स्थानीयवासी त्रसित रहेको जानकारी दिए ।

“शनिबार रातिको घटना विवरण चाँही मसँग आइपुगेको छैन,” उनले भने, “चितुवाको आतङ्क भने छ ।” उनका अनुसार केही समय अगाडि भने स्थानीयवासीले पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिका समेत ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १२ : १६ बजे

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज