हुम्लास्थित सीमा क्षेत्रमा नेपालीहरुमाथि चीनियाँ सुरक्षाकर्मीद्वारा ढुंगा प्रहार « Khabarhub

हुम्लास्थित सीमा क्षेत्रमा नेपालीहरुमाथि चीनियाँ सुरक्षाकर्मीद्वारा ढुंगा प्रहार


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा गएका नेपालीहरुमाथि चीनियाँ सुरक्षाकर्मीले ढुंगा प्रहार गरेका छन् ।

सीमा विवादका बारेमा अनुगमनका लागि हुम्लाको नाम्खा पुगेका कांग्रेस केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले सिमामा गएका नेपालीहरुमाथि चिनियाँ सुरक्षाकर्मीहरुले ढुंगा प्रहार गरेको जानकारी पाएको बताए ।

उनले अनुगमनका क्रममा नेपालतर्फका सीमा पिलरहरु चीनले तारबार गरेर राखेको र त्यहाँ जान खोज्नेहरुलाई लखेट्ने गरेको स्थानीयले बताउने गरेको उनले जनाए ।

उनले भने,‘५ ‘ए’ र ६ ‘ए’ पिलरलाई उनीहरु (चिनियाँहरु)ले आफ्नो क्षेत्रभित्र पारेर हाम्रोतिर बार लगाएका छन् । त्यहाँ उनीहरुको सेक्युरिटी बसेको छ । त्यहाँ हाम्रो गाउँलेहरु जाँदा ढुंगा हानेर लखेटेको रहेछन्।’

नेता शाहीले आफूहरु जानुभन्दा अघिल्लो दिन चिनियाँ सुरक्षाकर्मीले ढुंगा हानेको जानकारी पाएको बताए ।

उनले भने,‘हामी जानुभन्दा अघिल्लो दिन समेत उनीहरुले ढुंगा हानेको थाहा पाएँ । हामी जाँदा भने कुनै अवरोध गरेनन् ।’

नेता शाहीसहितको कांग्रेसको टोली सिमा विवाद भएको स्थानमा पुगेर हुम्ला सदरमुकाम सिमिकोट फर्किदैछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ११ : ४० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा