जनप्रतिनिधिलाई धम्की दिएपछि ‘गुण्डा नाइके’ राधे पक्राउ | Khabarhub Khabarhub

जनप्रतिनिधिलाई धम्की दिएपछि ‘गुण्डा नाइके’ राधे पक्राउ


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले गुण्डा नाइके मानिएका राधे भण्डारीलाई धम्की आरोपमा धादिङबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले भण्डारीलाई सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार गुण्डा नाइके भण्डारीले जनप्रतिनिधिलाई धम्की दिएका थिए । उनले सिद्धलेक गाउँपालिकामा क्रसर समेत सञ्चालन गरेका छन् ।

बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले त्यसो नगर्न भन्दा उल्टो धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए ।

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै आएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १२ : १३ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक