नोबेल मेडिकल कलेज विराटनगरमा दुई संक्रमितको मृत्यु | Khabarhub Khabarhub

नोबेल मेडिकल कलेज विराटनगरमा दुई संक्रमितको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु एक जना मोरङकै रंगेलीका छन् भने एक जना सुनसरीको धरानका हुन् ।

संक्रमित दुबै पुरूषको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार मोरङको रंगेली नगरपालिका– ४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति साढे ९ बजे मृत्यु भएको हो । बुधबार बिहान अस्पताल ल्याइएका वृद्धको आइसोलेसनमा उपचार भइरहेको थियो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा ल्याइएका वृद्धलाई आईसीयूमा भर्ना गरेर गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ७ बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।

श्वासप्रश्वासनमा समस्या भएका तथा फोक्सोमा संक्रमण देखिएका ती पुरुषलाई असोज १७ गते उपचारका लागि भर्ना गरिएको थियो ।

सोही दिन कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई १८ गते बिहान आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको दाहालले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ५९ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्