गुगलको 'एन्ड्रोइड ११' आधिकारिक रुपमा सार्वजनिक, यी फोनमा अपडेट गर्न सकिने | Khabarhub Khabarhub

गुगलको ‘एन्ड्रोइड ११’ आधिकारिक रुपमा सार्वजनिक, यी फोनमा अपडेट गर्न सकिने


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही महिनाको बेटा भर्जनपछि गुगलले विकास गरेको स्मार्ट फोनको अपरेटिङ सिस्टम ‘एन्ड्रोइड ११’ आधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।

मंगलवारदेखि आधिकारिक रिलिज गरिएको एन्ड्रोइड ११ हालका लागि गुगल पिक्सेलसहित अन्य केही फोनमा अपडेट गर्न मिल्ने सुविधा छ ।

गुगल पिक्सेलसहित वानप्लस, साओमी, ओप्पो र रियलमी ब्राण्डका केही एन्ड्रोइड फोन प्रयोकर्ताले अपरेटिङ सिस्टम अपडेट गर्ने पाउनेछन् । अरु प्रयोगकर्ताले भने केही समय कुर्नुपर्नेछ ।

हालका लागि एन्ड्रोइड ११ पिक्सेल टु, थ्री, थ्री ए, फोर, फोर ए मा डाउनलोड गर्नका लागि उपलब्ध छ भने वानप्लसका फोनमा उत्तर अमेरिका, युरोप र भारतमा वानप्लस एट र एट प्रोमा डाउनलोड गर्न सकिनेछ ।

यस्तै ओप्पोका एक्सटु र रेनो थ्रीमा पनि डाउनलोड गर्न सकिनेछ । त्यसैगरी रियलमीको एक्स फिफ्टी प्रो र साओमीका मी एमआई टेन र एमआई टेन प्रोमा पनि अपडेट गर्न सकिनेछ ।

गुगलले केही महिनामा अरु ब्राण्डका फोनमा पनि नयाँ अपडेटको सुविधा दिने बताएको छ ।

एन्ड्रोइड ११ मा थप सेक्युरिटीसहित नयाँ सुविधा थपिएको छ । यो भर्जनले प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

नयाँ अपरेटिङ सिस्टममा च्याट अप्सन सहज बनाइएको छ । त्यस्तै लोकेसनलाई पनि अझ सहज बनाइएको छ भने प्रयोग नगरिएका एपले फोन सुविधा प्रयोग गर्न पुनः अनुमति लिनुपर्ने छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  २ : ५६ बजे

न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै