कंगनाको अफिसमा बीएमसीले चलायो बुलडोजर | Khabarhub Khabarhub

कंगनाको अफिसमा बीएमसीले चलायो बुलडोजर


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शिवसेना नेताले दिएको धम्कीका बावजूद बलिउड कलाकार कंगना रनावत वाई प्लस सुरक्षामा आज मुम्बई फर्किँदै छिन् ।

यता बीएमसी (बृहन्मुम्बई महानगरपालिका) ले कंगना रनावतको अफिस तोडफोड गरेको छ । बीएमसीको एक टीमले कंगनाको घरमा बुलडोजर चलाएको छ ।

कंगनाको मुम्बईस्थित घरमा भने प्रहरीले सुरक्षा दिइरहेको छ । त्यहाँ बम निरोधक दस्ता पनि पठाइएको छ ।

कंगनाको घरमा सीआरपीएफको एक टीम पनि सुरक्षाका लागि पुगेको छ ।

बीएमसीले कंगनाको अफिसको ग्राउण्ड फ्लोरको शौचालय अवैध तरिकाले बनाएको दाबी गरेको छ । महानगरका अनुसार कंगनाले अवैध तरिकाले किचन निर्माण गरेको पनि दाबी गरेको छ ।

यसका अलावा कंगनाको अफिसको पेटी, क्याबिन, पूजाघर सहित अन्य कैयन् संरचना पनि गैरकानूनी रुपमा बनाइएको भन्दै डोजर चलाइएको हो ।

कंगनाले यसलाई भने प्रजातन्त्रको मृत्यु भएको बताएकी छिन् । उनले महानगरको यो कदमको विरोध गरेकी छिन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १ : ३४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम