कति चुप रहने ? कति सहने ?: पूजा शर्मा « Khabarhub

कति चुप रहने ? कति सहने ?: पूजा शर्मा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माले केही समयअघि एक अन्तर्वार्ताका क्रममा नेपालमा ‘१४ जिल्ला र ७२ प्रदेश रहेको’ बताइन् । उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भयो ।

चर्चित कलाकारलाई यति सामान्य ज्ञानसमेत नभएको भन्दै उनको विरोध भयो । पूजाका फ्यान पनि भड्किए ।

पूजाले पनि यो विषयमा आफ्नो गल्ती भएको स्वीकार्दै कुनै प्रतिक्रिया जनाइनन् । उनले अन्तर्वार्ताकारलाई उक्त विषय काट्न भनेकी थिइन् । तर, अन्तर्वार्ताकार प्रकाश सुवेदीले मानेनन् ।

पूजालाई यो घटनाले मानसिक तनाव झेल्नुपर्ने अवस्था सिर्जना भएको थियो । बिस्तारै पूजा यो घटनालाई बिर्सेकी थिइन् । कार्यक्रम हिट भएपछि सुवेदीले पूजालाई पुनः अन्तर्वार्ताका लागि बोलाए । तर, पूजाले अस्वीकार गरिन् ।

‘मलाई पुनः अन्तर्वार्तामा आऊ भनेर भन्नुभयो, मैले मानसिक तनाव झेलिरहेकी थिएँ, अब फेरि पुरानो गल्ती किन गर्न सक्थें,’ पूजा भन्छिन्, ‘म त्रसित पनि थिएँ, त्यसैले मैले सरी दाइ, आउन सक्दिनँ भनेँ ।’

पूजाले अन्तर्वार्ता दिन नमानेपछि उनलाई इंगित गर्दै अन्तर्वार्ताकार सुवेदीले ‘दाह्रा निस्केकी महानायिका’ भनेपछि कलाकारहरुले सुवेदीको विरोध गरेका छन् ।

उनीहरुले कुनै पनि कलाकारलाई होच्याउन नहुने भन्दै विरोध जनाएका छन् । पूजाले भने सामाजिक सञ्जाल फेसबूकमा आफ्नो विचार राख्दै भनेकी छिन् – के एक पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?

‘उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर दाह्रा निस्केको महानायिका भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानी गर्न कुनै कसुर छोड्नुभएन,’ पूजा भन्छिन् ।

उनले प्रश्न गरेकी छिन् – के टेलिभिजनमा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाय छैन ?

‘कति चुप रहने ? कति सहने ?’ भन्दै लेखेको नोटमा पूजाले कलाकारले अपमानजनक व्यवहार सहनुपरेको पनि बताएकी छिन् । उनले नेपाली कलाकारले अब यसबारेमा बोल्नुपर्ने धारणा राखेकी छिन् ।

कलाकारहरु ‘अतिवाद’ को शिकार भएको भन्दै पूजा भन्छिन् – हामी कलाकारहरु कहिलेसम्म पालैपालो यस्तो अतिवादको शिकार भइरहने ?

पूजाको स्टाटस:

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : ५२ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।