कति चुप रहने ? कति सहने ?: पूजा शर्मा « Khabarhub

कति चुप रहने ? कति सहने ?: पूजा शर्मा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माले केही समयअघि एक अन्तर्वार्ताका क्रममा नेपालमा ‘१४ जिल्ला र ७२ प्रदेश रहेको’ बताइन् । उनको यो अभिव्यक्तिको चौतर्फी आलोचना भयो ।

चर्चित कलाकारलाई यति सामान्य ज्ञानसमेत नभएको भन्दै उनको विरोध भयो । पूजाका फ्यान पनि भड्किए ।

पूजाले पनि यो विषयमा आफ्नो गल्ती भएको स्वीकार्दै कुनै प्रतिक्रिया जनाइनन् । उनले अन्तर्वार्ताकारलाई उक्त विषय काट्न भनेकी थिइन् । तर, अन्तर्वार्ताकार प्रकाश सुवेदीले मानेनन् ।

पूजालाई यो घटनाले मानसिक तनाव झेल्नुपर्ने अवस्था सिर्जना भएको थियो । बिस्तारै पूजा यो घटनालाई बिर्सेकी थिइन् । कार्यक्रम हिट भएपछि सुवेदीले पूजालाई पुनः अन्तर्वार्ताका लागि बोलाए । तर, पूजाले अस्वीकार गरिन् ।

‘मलाई पुनः अन्तर्वार्तामा आऊ भनेर भन्नुभयो, मैले मानसिक तनाव झेलिरहेकी थिएँ, अब फेरि पुरानो गल्ती किन गर्न सक्थें,’ पूजा भन्छिन्, ‘म त्रसित पनि थिएँ, त्यसैले मैले सरी दाइ, आउन सक्दिनँ भनेँ ।’

पूजाले अन्तर्वार्ता दिन नमानेपछि उनलाई इंगित गर्दै अन्तर्वार्ताकार सुवेदीले ‘दाह्रा निस्केकी महानायिका’ भनेपछि कलाकारहरुले सुवेदीको विरोध गरेका छन् ।

उनीहरुले कुनै पनि कलाकारलाई होच्याउन नहुने भन्दै विरोध जनाएका छन् । पूजाले भने सामाजिक सञ्जाल फेसबूकमा आफ्नो विचार राख्दै भनेकी छिन् – के एक पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ?

‘उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर दाह्रा निस्केको महानायिका भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानी गर्न कुनै कसुर छोड्नुभएन,’ पूजा भन्छिन् ।

उनले प्रश्न गरेकी छिन् – के टेलिभिजनमा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाय छैन ?

‘कति चुप रहने ? कति सहने ?’ भन्दै लेखेको नोटमा पूजाले कलाकारले अपमानजनक व्यवहार सहनुपरेको पनि बताएकी छिन् । उनले नेपाली कलाकारले अब यसबारेमा बोल्नुपर्ने धारणा राखेकी छिन् ।

कलाकारहरु ‘अतिवाद’ को शिकार भएको भन्दै पूजा भन्छिन् – हामी कलाकारहरु कहिलेसम्म पालैपालो यस्तो अतिवादको शिकार भइरहने ?

पूजाको स्टाटस:

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : ५२ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले