स्पेनका पूर्वराजा कार्लोसले छाडे देश, यूएईमा निर्वासित जीवन विताउने | Khabarhub Khabarhub

स्पेनका पूर्वराजा कार्लोसले छाडे देश, यूएईमा निर्वासित जीवन विताउने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनका पूर्वराजा ख्वान कार्लोसले आफ्नो मूलुक छाडेका छन् ।

भ्रष्टाचार मुद्दामा आफ्नो नाम पनि जोडिएपछि निराश भएका कार्लोस विशेष उडानमार्फत  संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको दाबीसहितको तस्वीर सार्वजनिक भएको छ ।

देश छोड्ने निर्णय गरेको पूर्वराजा कार्लोस अब यूएईमा निर्वासित जीवन विताउने बताइएको छ । स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्बिरमा पूर्वराजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिएको छ ।

गएको सोमबार कार्लोसले देश छाड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको थियो । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसुन्धानमा उनी पनि जोडिए छन् ।

८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका थिए । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए ।

स्पेनलाई अधिनायकवादबाट जोगाउँदै प्रजातन्त्रको अभ्यासमा कूशलतापूर्वक नेतृत्व प्रदान गरेका कार्लोस जनप्रिय मानिन्थे ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ८ : ०४ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्