डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख १ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख १ लाख घुससहित पक्राउ


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद १ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं ट‌ंगालस्थित कार्यालयबाट खटिएको टोलीले डिभिजन वन प्रमुख प्रसादलाई कार्यालय परिसरबाटै १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

जिल्लाको सूर्यगढी गाउँपालिका-५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग लिएको घुससहित प्रसादलाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

नुवाकोटबाट पक्राउ परेका प्रसादलाई काठमाडौं ल्याइएको छ । कार्यालय प्रमुख प्रसादले घुस लिएको अभियोग लागेको छ।

अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि काठमाडौंँ लगिएको वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ०२ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना