चीनमा रहेका नेपालीले १० हजार थान पीपीई सहयोग गर्ने | Khabarhub Khabarhub

चीनमा रहेका नेपालीले १० हजार थान पीपीई सहयोग गर्ने


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा रहेका नेपालीहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री सहयोग गर्ने भएका छन् ।

स्वास्थ तथा जनसंख्या भानुभक्त ढकालका अनुसार चीनमा रहेका गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन) लगायत कतिपय सङ्घसङ्स्थाले १० हजार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित ३ टन स्वाथ्य सामग्री पठाउन लागेका छन् ।

ती सामग्री शुक्रबारसम्म नेपाल आइपुग्ने मन्त्री ढकालले बताए । ३ टन सामानमा चीनको ज्याग्मा फाउण्डेशनको पनि सहयोग रहेको छ । ती सामान केही व्यवसायीले चार्टर गरेको हवाइजहाजबाट काठमाडौँ आइपुग्नेछ । सरकारले पछिल्ला समयमा विभिन्न व्यापारिक घरानाबाट गरी तीन हजार थान पिपीइ ग्रहण गरिसकेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : २७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम