भोजपुर – विराटनगर उडान छ महिनादेखि बन्द, यात्रु मर्कामा | Khabarhub Khabarhub

भोजपुर – विराटनगर उडान छ महिनादेखि बन्द, यात्रु मर्कामा


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – छ महिनादेखि भोजपुर–विराटनगर नियमित उडान बन्द हुँदा स्थानीयलाई समस्या भएको छ ।

उडान सेवा बन्द हुँदा विशेष गरेर जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामी  प्रत्यक्ष मार परेका छन् । बाहिरका अस्पतालमा सिफारिस गरिएका विपन्न वर्गका बिरामी नौ घण्टा लगाएर एम्बुलेन्समा कष्टर यात्रा गर्न बाध्य छन् ।

एम्बुलेन्सबाट लामो समय लगाएर यात्रा गर्नुपर्दा कतिपयको बाटोमै मृत्युसमेत हुने गरेको छ । विभिन्न समस्या देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेपछि सर्वसाधारणलाई सास्ती भएको हो ।

उडान नहुँदा लेगुवा – पाख्रीबास सडकखण्डको कच्ची बाटोले यात्रुलाई झनै सास्ती हुने गरेको छ । सरोकारवाला पक्षले बेवास्ता गर्नाले पनि नियमित उडान गराउन नसक्दा सर्वसाधारण लामो यात्रा गर्नुपरेको यात्रु सुनाउँछन् ।

‘बिना कारण लामो समयदेखि भोजपुर– विराटनगर उडान सेवा बन्द हुँदा हामीलाई सास्ती थपिएको छ,’ स्थानीय मोहन आलेले भने, ‘आपत्कालीन रुपमा बिरामी भएर विराटनगर जानुपरेमा अति समस्या छ, बस तथा एम्बुलेन्सको माध्यमबाट जाँदा कतिपयको बाटोमा नै ज्यान गएको अवस्था पनि छ, यसलाई जसरी पनि सञ्चालन गर्न आवश्यक छ ।’

आकस्मिक बिरामीलाई साना तथा ठूला सवारीसाधनबाट यात्रा गर्दा ढिलो हुने, बाटोमा समस्या हुनाले बिरामीलाई थप समस्या हुने गरेको छ ।यसअघि हप्ताको आइतबार, मङ्गलबार र बिहीबार गरी चार पटक उडान भर्दै आएको नेपाल वायुसेवा निगमले यात्रु सङ्ख्या घटेकाले केही समयका लागि उडान रद्द गरिएको जनाएको छ ।

सर्वसाधारणको माग बढ्दै गएकाले उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालासँग समन्वय गरी माथिल्लो निकायमा निवेदन गरिएको निगमका प्रमुख दिनेश सुन्दासले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १२ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम