५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रहरीले ५ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध वित्तीय कारोवार (हुण्डी) भइरहेको भन्ने विशेष सूचनाको आधारमा आइतबार भारतीय नागरिक सुरेश महतोलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट बीरगंजतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलसहित महत्तोलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट स्रोत नखुलेको ५ लाख ५० हजार नगद बरामद गरेको जनाएको छ । पक्राउ परेका महत्तोलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी राखिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ४९ बजे

राप्रपाले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले छिटै आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने

समातिए सामुदायिक वनमा डढेलो लगाउने युवक, मुद्दा चलाइँदै

बेनी- म्याग्दीको एउटा सामुदायिक वनमा डढेलो लगाउने १ जना युवक

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी-२० शृंखला शनिबारबाट 

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२०

कोरोनाबाट ज्यान गुमाएका तीन जनाको १ हजार दिनपछि अन्त्येष्टि

भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण

आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला