आगलागी पीडितको सहयोगार्थ सन्दीप लामिछानेको टिसर्ट मेलबर्न स्टार्सको अनलाइन अक्सनमा | Khabarhub Khabarhub

आगलागी पीडितको सहयोगार्थ सन्दीप लामिछानेको टिसर्ट मेलबर्न स्टार्सको अनलाइन अक्सनमा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न – बिग बास लिग (बीबीएल) क्रिकेट टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाका आगलागि पीडितलाई सहयोग गर्न नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टिसर्ट अक्सनमा राखेको छ ।

अष्ट्रेलियामा जारी बिग बास लिगका क्रममा गत जनवरी २ मा मेलबर्न स्टासले सिड्नी थन्डरविरुद्ध खेलेको थियो ।

थन्डरविरुद्धको खेलमा मैदान उत्रिएका खेलाडीहरुको टि–शर्ट च्यारिटि अक्सनमा राखिएको स्टार्सले जनाएको छ ।

अक्सनमा राखिएको टिसर्टमा हरेक खेलाडीले आफ्नो हस्ताक्षर गर्नेछन् । त्यस्तै टिमका सबै सदस्यले हस्ताक्षर गरेको टिसर्टपनि अक्सनमा राख्ने मेलबर्न स्टार्सले जनाएको छ ।

यो समाचार तयार पार्दा सम्म सन्दीपको टिसर्टमा २२ जनाले खरिद गर्न इच्छा देखाइसकेका छन् ।

बोलकबोलका क्रममा टिसर्टको मुल्य ७ सय १० डलर पुगेको छ भने जनवरी ११ सम्ममा सबै भन्दा बढी बोलकबोल गर्नेले उनको टिसर्ट खरिद गर्नेछन् ।

त्यस्तै, सन्दीप लामिछानेले जनवरी ८ मा सिड्नी थन्डरविरुद्ध मैदानमा उत्रिने क्रममा आफ्नो जुत्ताको एकातिर ‘भिजिट नेपाल २०२०’ लेखेर नेपालको प्रचार गरेका थिए ।

‘बुसफायर हिरोज’ अर्कोतिर लेखेर अष्ट्रेलियामा जारी आगलागि पीडित प्रति सहानुभुति प्रकट गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १२ : ०५ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको