स्नातकको मेडिकल तथा नर्सिङ शिक्षाको १२ विषयमा आइओएमले तोक्यो शुल्क | Khabarhub Khabarhub

स्नातकको मेडिकल तथा नर्सिङ शिक्षाको १२ विषयमा आइओएमले तोक्यो शुल्क


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले स्नातक तहको शुल्क निर्धारण गरेको छ । आइओएमले नयाँ शैक्षिक सत्र २०७६–७७ को लागि नयाँ शुल्क निर्धारण गरेको हो ।

आइओएमले एमबीबीएस तथा बीडिएसको शुल्क सरकारले निर्धारण गरेको आधारमा तय गरेको छ । आइओएमले नयाँ शैक्षिक शत्रका लागि निर्धारण गरेको शुल्कका अनुसार एमबीबीएसमा उपत्याका बाहिर ४४ लाख ३६ हजार २५ रुपैया र उपत्याकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ ।

यस्तै बीडिएसका लागि २० लाख १९ हजार ५ सय ८० रुपैया निर्धारण गरिएको छ । आइओएमले बीए एसएलपीका लागि ७ लाख २५ हजार ८ सय २३ रुपैया तोकेको छ ।

यस्तै बीपीएच, बीएसस्सी एमएलटी, मेडिकल ल्याव टेक्नोलोजिष्ट, बी फार्मेसी र बीएस्सी एमआईटीको शुल्क ७ लाख २५ हजार ८ सय १८ निर्धारण गरेको छ ।

यस्तै बीएएमएस मा १३ लाख ८८ हजार ८ सय, बिएनएस मा ५ लाख २५ हजार र बिएसी नर्सिङका लागि ७ लाख ८२ हजार तोकेको छ ।
आइओएमले यो शुल्क स्नातक तह अध्ययन अवधिमा तीन किस्तामा विभाजन गरी भर्नाको समयमा एकतिहाइ बुझाउनुपर्ने जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ११ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम