खेलमा पनि भ्रमण वर्ष प्रचार गर्दै सन्दीप, जुत्तामा लेखे 'भिजिट नेपाल २०२०' | Khabarhub Khabarhub

खेलमा पनि भ्रमण वर्ष प्रचार गर्दै सन्दीप, जुत्तामा लेखे ‘भिजिट नेपाल २०२०’


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेट मेलबर्न स्टार्सबाट खेलिरहेका छन् ।

बुधबारको खेलमा सन्दीप निक्कै चर्चामा रहे । उनको चर्चा बुधबार चाँही खेलले हैन जुत्ताले दियो । सन्दीपले ४ ओभर बलिङ गर्दा ३९ रन खर्चिएपनि उनको जुत्ताले उनलाई चर्चामा ल्यायो ।

सिड्नीविरुद्धको खेलमा सन्दीपले नेपाल भ्रमण वर्षको प्रचार र अस्ट्रेलियाको आगलागीबाट समस्यामा परेकालाई सहयोग गर्ने सन्देश लेखेका छन् ।

सन्दीपले लगाएको एउटा जुत्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको छ । यस्तै अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर नमस्ते गरेका छन् ।

नेपालले जनवरी १ बाट भ्रमण वर्ष मनाईरहेको छ । र, नेपालले सन् २०२० मा २० लाख पर्यटन ल्याउने योजना बनाएको छ ।

अस्ट्रेलियामा भईरहेको भिषण आगलागीको कारण हजारौ मानिस विस्थापित भएका छन् भने लाखौ जीव जन्तुको ज्यान गएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ३९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम