सरकारी कार्यालयमै अध्यक्ष र महाप्रबन्धकबीच कुटाकुट ! | Khabarhub Khabarhub

सरकारी कार्यालयमै अध्यक्ष र महाप्रबन्धकबीच कुटाकुट !


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेका अध्यक्ष र महाप्रबन्धकबीच कार्यालयमै हात हालाहाल भएको छ ।

अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुवास सिटौलाबीच लामो समयदेखिको व्यक्तिगत रिसइबीका कारण बुधबार कार्यालय समयमै कुटाकुटको स्थिति बनेको हो ।

महाप्रबन्धक सिटौला कार्यालय पुग्दा उनको हाजिर मेसिनबाट नाम नै हटाइएको भएपछि उनी आक्रोशित बनेका थिए । उनी कार्यालय पस्न खोज्दा अध्यक्ष बस्नेतले कार्यालय प्रवेशमा रोक लगाएपछि दुईजनाबीच हात हालाहाल भएको हो ।

उनीहरुलाई छुट्याउन कार्यालयमा रहेका अन्य कर्मचारीलाई हम्मेहम्मे परेको थियो ।

अध्यक्ष बस्नेतले महाप्रबन्धकको उमेर हदका कारण पदमा बस्न रोकेको भन्दै राजीनिमा नदिएसम्म कार्यालयमा पस्न नदिने अडान राखेका छन् ।

उनी भन्छन्– ‘म उहाँलाई कार्यालयमा आउनै दिन्न, किन आउनुपर्‍यो ? मैले दिएको चिठीका कारण मेराविरुद्ध मानहानी मुद्दा हालेर मेरो जागिर खाइदिए भयो नि ।’

तर, महाप्रबन्धक सिटौलाको अडान भने पृथक छ । उनी भन्छन्, ‘सरकारले अयोग्य भनेर हटाए मात्र म हट्छु, अध्यक्षको एउटा पत्रका भरमा राजीनामा दिन्छ होला भनेर नसोचे हुन्छ । पत्रकै भरमा म राजीनामा त के पृथ्वी प्रलय भए पनि दिन्नँ ।’

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा लामो समयदेखि अध्यक्ष र महाप्रबन्धकबीचको विवादले कार्यसम्पादनमा समेत समस्या आउने कर्मचारीले बताएका छन् । यता, नियामक निकाय उद्योग मन्त्रालय भने  औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेका अस्तव्यततामा बेखबर छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ८ : २७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार