यसरी नापियो सगरमाथाको उचाई (फोटोफिचर) | Khabarhub Khabarhub

यसरी नापियो सगरमाथाको उचाई (फोटोफिचर)


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ ।

नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाई मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाईका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ ।

यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका मन्त्रीहरुले उल्लेख गरेका छन् ।

सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न मंगलबार आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाई बढ्नु नेपालका निम्ति अविस्मरणीय र गौरवपूर्ण घटना भएको बताइन् ।

“नेपालको पहिचान र गौरवको रुपमा रहेको सगरमाथाको उचाई मात्र घोषणा भएको छैन, नेपालले आफ्नै जनशक्ति र स्रोत व्यवस्थापन गरी नेपाली प्राविधिकबाट भएको यो अविस्मरणीय र गौरवपूर्ण क्षणले नेपाली प्राविधिक क्षमताको उचाईमाथि पुगेको छ, यस कार्यमा संलग्न सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छु”, परराष्ट्र मन्त्री ज्ञवालीले भने ।

नेपालले करिब दुई वर्ष लगाएर उचाई मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ्को नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाई घोषणा गर्ने सम्झौता गरेका थिए ।

सोहीअनुरुप नेपाल र चीन सरकारले मंगलबार संयुक्तरुपमा सगरमाथाको उचाई वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाई आठ हजार ८४८.८६ मिटर हुने भएको छ ।

यसरी नापियो सगरमाथाको उचाई

सगरमाथाको उचाई मापनका लागि नापी विभागका प्रमुख अधिकृत (हालका उपसचिव) खिमलाल गौतमको नेतृत्वमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेका थिए ।

सगरमाथाको उचाई मापन कार्य परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ ।

मापन कार्य शुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो ।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाई मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाई मापन गरी फरकफरक उचाई निकालेको भएपनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन ।

सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाई मापन गरेको थियो । त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो । त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाई मापन गरेका थिए ।

सगरमाथाको उचाई नाप्न तीन वटा विधि ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरुपमा अगाडि-पछाडि गरेर चुचुरोसम्मको उचाई नापिएको छ ।

त्यस्तै, ‘ट्रेंगुलेसन’ विधिबाट पनि उचाई नापिएको छ । यसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाई मापन गरिएको हो ।

तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जीपीएस प्रणालीबाट पनि उचाई मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाई नापेको थियो ।

तस्वीर-रासस

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ०१ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,