एन्फा र एपीएफ स्कूलबीच फुटबल एकेडेमी निर्माणको सम्झौता | Khabarhub Khabarhub

एन्फा र एपीएफ स्कूलबीच फुटबल एकेडेमी निर्माणको सम्झौता


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल एपीएफ स्कूलबीच फुटबल एकेडेमी निर्माण गर्ने सम्झौता भएको छ ।

नेपाल एपीएफ स्कूल फुटबल एकेडेमी निर्माणका लागि मंगलबार एन्फा र एपीएफबीच ६ वर्षको सम्झौता भएको हो ।

मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एपीएफका एआईजी पुष्पराम केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन। युवा फुटबल खेलाडीका लागि सहयोग गर्ने उद्देश्यले दुई पक्षबीच सम्झौता भएको एन्फाले जनाएको छ ।

एन्फा अध्यक्ष शेर्पाले नेपाल एपीएफ स्कूलसँग एकेडेमी स्थापना गर्ने सम्झौताको घोषणा गर्न पाउँदा खुसी लागेको बताए । उनले खेलाडी र प्रशिक्षकको विकासका लागि यो ऐतिहासिक सम्झौता भएको तर्क गरे ।

सम्झौता अनुसार एन्फा र एपीएफ स्कुल फुटबल एकेडेमीले संयुक्त रूपमा प्रत्येक वैकल्पिक वर्षमा युवा खेलाडीहरूलाई सहयोग पुर्‍याउँनेछ । जसमा एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टोलीले २१ खेलाडी छान्नेछ ।

उनहरुमध्ये १४ खेलाडीलाई एन्फा र एपीएफले स्पोनसर गर्नेछ । दुवै पक्षले कक्षा १२ पूरा नहुँदासम्म ती खेलाडीहरुको शैक्षिक लागत बेहोर्ने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १० : ०१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम