बढ्दैछन् यौन हिंसाका घटना : ४ वर्षमा ४ हजार बालिका बलात्कृत | Khabarhub Khabarhub

बढ्दैछन् यौन हिंसाका घटना : ४ वर्षमा ४ हजार बालिका बलात्कृत

लैङ्गिक हिंसासम्बन्धि १६ दिने अभियान



काठमाडौ– स-साना बालबालिका आफ्नै घरमा पनि आफ्नो सुरक्षा गर्न सकेका छैनन् । त्यस्तै कतिपय अभिभावकले उनीहरुको मनोभावलाई बुझ्न नसक्दा पीडकलाई कानूनी दायरामा ल्याउन सकिएको छैन । सँगै हिंसाका घटना बढेका छन् ।

हिंसाजन्य घटनासम्बन्धि देशभरको तथ्याङ्कक हेर्दा बालिकामाथि यौन हिंसा गर्ने प्रायः ठूला उमेरका आफन्त तथा चिनजानकै व्यक्ति हुने गरेको पाइन्छ ।

नेपालको संविधानमा बलात्कारीलाई मृत्युदण्डको प्रावधान नरहे पनि दिनहुँ बढिरहेका बलात्कारका घटनाले संशकित भएका आम नेपाली नागरिकले बलात्कारीलाई मृत्युदण्डको सजाय दिइनुपर्ने आवाज उठाइरहेका छन् ।

बालिका बलात्कारका घटनालाई लिएर पछिल्ला समय देशभर हिंसा अन्त्यका लागि अभियान सञ्चालन गर्दै विभिन्न कार्यक्रमहरु पनि भइरहेका छन् ।

हरेक वर्ष बढ्दै हिंसाका घटना

नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०७६/०७७ सम्मको अपराध तालिकाअनुसार महिला हिंसा तथा जबरजस्ती करणी र प्रयासका घटना बढि घटेको देखिन्छ ।

कार्यलयको तथ्याङ्कअनुसार चार वर्षमा ४ हजार ४१ जना बालिकाहरु बलात्कृत भएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा ६ सय ५५, ०७४/०७५ मा ८ सय ५१ जना बालबालिका जबरजस्ती करणीमा परेका थिए ।

त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा अझ बढेर १ हजार ४२ जना बालबालिकामाथि जबरजस्ती करणी भएको छ भने ०७६/०७७ मा १ हजार ३ सय ९३ बालिकामाथि जबरजस्ती करणी भएको छ ।

११ देखि १६ वर्षसम्मका बालिका धेरै

घटनाको तथ्याङ्क हेर्दा गत आर्थिक वर्षमा १० वर्ष मुनिका २ सय ७३ जनामाथि जबरजस्ती करणी भएको थियो ।

त्यस्तै ८ सय १ जना ११ वर्षदेखि १६ वर्षसम्मका र ३ सय १९ जना १७ देखि १८ वर्षसम्मका बालिकाहरु यौन हिंसामा परेका छन्।

चेतनाकै कमी हो : प्रहरी प्रवक्ता

हिंसाजन्य घटनामा कमी ल्याउन समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत बताउँछन् ।

‘हिंसाजन्य घटना कम गराउन उपत्यका लगायत देशैभर प्रहरीका तर्फबाट पनि विभिन्न सेचतना मुलुक कार्यक्रमहरु भइरहेको हुन्छ’ कडायतले खबरहबसँग भने ।

‘पीडित र पीडकको नाताको आधारमा हेर्दा छिमेकी, शिक्षक, आफ्नै परिवार, घर मालिकबाट बालिकाहरु बलात्कृत हुने गरेका छन्’ उनले भने, ‘मुख्य कुरा भनेको मानिसको सोचमै परिवर्तन ल्याउन पर्छ त्यसमा चेतनामै कमी हो ।’

‘बालिका भनेको आफैँ पनि बोल्न र समस्या राख्न नसक्ने उमेरका हुन्छन् त्यसकारण परिवारभित्रबाटै पीडित बनेका छन् भने पनि अन्य सदस्यहरुले उनीहरुको मनोविज्ञानलाई बुझ्न सक्नुपर्छ र बलात्कार जघंन्य अपराध हो भनेर कानुनी धारमा ल्याउनुपर्छ’, कडायतले भने ।

यस्तो छ सजायको व्यवस्था

कसैले कुनै महिलालाई नजिकै मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने मुलुकी अपराध संहिताको जबरजस्ती करणी सम्बन्धी मलहमा उल्लेख गरिएको छ ।

मुलुकी अपराध संहिता परिक्षेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ ।

उक्त परिक्षेदको दफा ८ को ‘ग’ मा भनिएको छ, ‘एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाती, एकै हाँगाको ठुलो बुबा वा काका भतिजी, एकै हाँगाको भतिजो ठुली आमा वा काकी, ससुरो भतिजी बुहारीको करणी भएमा ३ देखि ६ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना ।’

मुलुकी संहिता परिच्छेद-१८ करणी सम्बन्धी कसुरको दफा ३ अन्तर्गत दश वा दशभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि २० वर्षसम्म कैद हुने व्यवस्था उल्लेख गरिएको छ ।

जबरजस्ती करणी सम्बन्धी चारवर्षीय अपराध तथ्याङ्क हेर्ने हो भने ६५ प्रतिशत बालिकाहरु यौन हिंसाको शिकार बनिरहेका छन् ।

चेतनाकै लागि १६ दिने अभियान : मन्त्रालय

बढ्दो हिंसालाई कम गर्नका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तराष्ट्रिय अभियानका रुपमा लैङ्किक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरेको छ ।

अभियान मनाइरहँदा पनि हिंसाका घटनामा भने कमी आउन सकेको छैन । विभिन्न सेवा केन्द्र र आयोगमा उजुरी दिनेको संख्यामा कमी आउन सकेको छैन ।

यसरी बलात्कार जस्तो जघन्य अपराधलाई रोक्न मन्त्रालयले के गरिरहेको छ ? जवाफमा मन्त्रालयअन्तर्गतको लैङ्गिक हिंसा निवारण शाखाकी उपसचिव रोशनी देवी कार्की भन्छिन्, ‘सबैभन्दा पहिले मानिसहरुलाई चेतना जगाउनुपर्छ । समाजमा अझैं पनि पुराना तथा पितृसतात्मक सोच भएका कारण यस्ता हिंसा हटाउन चुनौती देखिन्छ ।’

मुलुकी अपराध ऐनमा कैद र जरिवानाको व्यवस्था गरिएपनि कतिपय पीडितले अझै न्याय पाउन सकेका छैनन् । त्यस्तै सरकारले जबरजस्ती करणीका घटना न्युनीकरण गर्न विभिन्न सचेतनामुलुक कार्यक्रम गर्र्दै आइरहेको छ ।

देश संघीय संरचना गएसँगै स्थानीय सरकारले पनि आफ्ना कार्यक्षेत्रमा यस्ता घटना न्युनीकरणको पहल गर्न आवश्यक छ । तर, सरकारी निकायको पनि वेवास्ताका कारण जबरजस्ती करणीका घटना दिनप्रतिपदन बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ११ : २३ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा