सलमान र शाहरुख एउटै फिल्ममा ? | Khabarhub Khabarhub

सलमान र शाहरुख एउटै फिल्ममा ?


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा यस्ता स्टार छन्, जसलाई दर्शकले एउटै पर्दामा देख्न चाहन्छन् । त्यो लिस्टमा सलमान खान र शाहरुख खानको नाम पनि सामेल छ ।

आज पनि दर्शकले सलमान र शाहरुखलाई एउटै फिल्ममा हेर्न चाहन्छन् ।

कैयन् वर्षदेखि सलमान र शाहरुख एउटै फिल्ममा देखिएका छैनन् । अब भने यी दुईलाई एउटै फिल्ममा देख्न सकिने सम्भावना बढेर गएको छ ।

शाहरुख खानले त लामो समयदेखि फिल्ममा काम गरेका पनि छैनन् । उनले सन् २०१८ मा रिलिज भएको ‘जिरो’ फिल्मपछि काम गरेका छैनन् ।

शाहरुखले अन्य कैयन् प्रोजेक्ट पनि रिजेक्ट गरेका छन् ।

हालै खबर आएको छ कि, शाहरुख खान र सलमान खानले एकसाथ फिल्म्मा काम गर्न लागेका छन् । तर, यसबारेमा आधिकारिक जानकारी भने अझै आएको छैन ।

मुम्बई मिररको एक रिपोर्टअनुसार सलमान खान र शाहरुख खानले एकसाथ फिल्म ‘पठान’ मा काम गर्दैछन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ ।

यसअघि सलमान र शाहरुखलाई फिल्म कुछ कुछ होता है, ओम शान्ति ओम लगायतका फिल्ममा एकसाथ देखिएको थियो । यस्तै सलमान खानको ट्युबलाइट मा पनि शाहरुख खानको सानो भूमिका थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  २ : ४८ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्