ओली-प्रचण्ड वार्ता : एकताका बाँकी काम चाँडै टु‌ग्याउने समझदारी | Khabarhub Khabarhub

ओली-प्रचण्ड वार्ता : एकताका बाँकी काम चाँडै टु‌ग्याउने समझदारी


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको बाँकी काम चाँडै टुंग्याउने समझदारी भएको छ ।

आज बालुवाटारमा झण्डै ३ घण्टा भएको छलफलमा पार्टी एकताको काम टुङ्ग्याउने बिषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।

३ महिनामा टुङ्ग्याउने भनिएको पार्टी एकता ३ बर्ष पुग्‍न लाग्दा समेत टुंगिन सकेको छैन । त्यस बिषयमा आज भएको भेटवार्तामा विशेष छलफल भएको सापकोटाले बताए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्ति लगायतको विषयमा पनि छलफल भएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि भदौ २६ गतेको पार्टी सचिवालयको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन तयारी गरिएको छ। तर त्यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ४ : १३ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्