धरान उपमहानगरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द « Khabarhub

धरान उपमहानगरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- कोरोना भाइरसको महामारी बढेपछि धरान उपमहानरपालिले  अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीमा नै संक्रमण देखिएपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि आजदेखि २८ गतेसम्म सेवा बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताए ।

बजारमा स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरिने राईले बताए । चाडपर्वको समयमा लकडाउन गर्दा समस्या हुने भन्दै तत्काल लकडाउन भने नगरिने उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : २८ बजे

आजको मौसम पूर्वानुमान : धेरै क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं- शुक्रबार दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ।

पोखरा महानगरमा कलमको अग्रता बढ्यो : धनराज तीन हजार मतले अगाडि

काठमाडौं– पोखरा महानगरपालिकाको मतगणनामा गठबन्धनबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज

राजविराज नगरपालिकामा जसपा विजयी

सप्तरी– राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित

खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी

सप्तरी– सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश

भरतपुर महानगरमा रेनु दाहाल चार हजार मतले अगाडि

काठामडौं– भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयरकी उम्मेदवार बनेकी