स्टोरबाट सामान चोरी गरेको आरोपमा ४ जना पक्राउ | Khabarhub Khabarhub

स्टोरबाट सामान चोरी गरेको आरोपमा ४ जना पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज – सप्तरीको राजविराजको एक स्टोरबाट समान चोरी गरेको आरोपमा ४ जनालाई सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

राजविराज गुदरी बजारस्थित रहेको गणेश स्टोरबाट नगदसहित करीब साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

भाद्र २१ गते राति उनीहरुले गणेश स्टोरबाट चोरी गरेपछि उजुरीको आधारमा प्रहरीले सिसीटिभी क्यामेराको फुटेजको माध्यमबाट अनुसन्धान गर्दा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज–४ की ज्योतिकुमारी मण्डल , सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४ का लाल मोहम्मद राइनलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सो चोरी काण्डमा राइन गणेश स्टोर पसलभित्र प्रवेश गरी चोरी गर्ने सनियालाई बाहिर बसेर मानिस आवतजावतको सूचना दिन सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो ।

सनियाकी दिदी ज्योतिले चोरीका सामान र रकम केही आफ्नो डेरामा र केही राजविराज–२ स्थित आफ्नो मदिरा पसलमा लुकाएर राखेकी थिइन् । उनकै पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी खाल्डो खनी माटोमा गाडेर लुकाएका थिए ।

प्रहरीले आरोपितलाई पक्राउ गरेसँगै उनीहरुको घर र पसलबाट ५० हजारको रिचार्ज कार्ड र रु तीन लाख ६० हजार नगदसमेत बरामद गरेको जनाएको छ ।

सोमबार बिहान सनियाले गणेश स्टोर अगाडि रहेको सोलारको पोलबाट घरमाथि चढेर भुई तल्लामा रहेको पसलमा प्रवेश गरी ४ लाख नगद र साढे एक लाख मूल्य बराबरको मोबाइल रिचार्ज कार्ड चोरी गरेका थिए ।

चोरीको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तत्कालै अनुसन्धान तीव्र बनाएकाले छिट्टै सफलता हात लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : १६ बजे

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चारमा माध्यमबाट आफ्नो

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले