पीसीआर परीक्षणमा निस्कृय भइसकेको भाइरस पनि देखिने  वैज्ञानिकहरूको आशंका | Khabarhub Khabarhub

पीसीआर परीक्षणमा निस्कृय भइसकेको भाइरस पनि देखिने  वैज्ञानिकहरूको आशंका



एजेन्सी- कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन प्रयोग भइरहेको प्रचलित पीसीआर विधिले मृत अर्थात निष्कृय भइरसकेको कोरोना भाइरसको अंश पनि देखाउने विज्ञहरूले आशंका गरेका छन्।

कोरोनाभाइरस सङ्क्रमण भएका अधिकांश मानिसहरूले एक साताजति मात्र अरूलाई भाइरस सार्न सक्ने वैज्ञानिकहरूको तर्क छ ।

तर, संक्रमणमुक्त भइसकेको वा संक्रमित व्यक्तिको शरीरमा निस्कृय वा मृत भइसकेको भाइरसको अंश पनि पीसीआर विधिको परीक्षणमा देखिने वैज्ञानिकहरूले आशंका गरेको बीबीसीले जनाएको छ ।

यदी वैज्ञानिकहरूको यो आशंका पुष्टि भए वर्तमान महामारीको स्तर अतिशय रूपमा प्रस्तुत भइरहेको हुन सक्नेछ।

ती आशंकाहरू जायज नै भए पनि संक्रमित व्यक्ति नछुट्ने गरी विश्वसनीय परीक्षण कसरी गर्न सकिन्छ भन्नेमा विज्ञहरू अलमलमा छन् ।

यसबारे गरिएको एउटा अनुसन्धानमा संलग्न प्राध्यापक कार्ल हेनेगनले भाइरसबाट संक्रमित हो वा होइन भन्ने सरल परिणाम दिनुको साटो निश्चित मात्राभन्दा थोरै परिमाणममा भाइरस रहेका व्यक्तिको पोजिटिभ नतिजा नदेखाउने परीक्षण विधि हुनुपर्ने बताए।

संक्रमित संख्या लगातार बढिरहने तर, अस्पताल भर्ना हुने बिरामीको संख्या स्थिर रहने अहिलेको अवस्थाले पीसीआर परीक्षण विधिमा भाइरसको पूरानै अंश पत्ता लगाइरहेको भन्ने आशंकालाई बल पुगेको  प्राध्यापक हेनेगनले बताए।

अक्स्फोर्ड यूनिभर्सिटीको सेन्टर फर एभिडेन्स बेस्ड मेडिसिनले पोजिटिभ नतिजा आएका २५ वटा नमूनालाई पेट्री डिशमा राखेर अध्ययन गरेको थियो ।

‘भाइरल कल्चरिङ’ भनिने उक्त विधिमार्फत् कतै परीक्षणले सक्रिय र संक्रामक भाइरस पत्ता लगाएको हो वा अन्यमा संक्रमण गर्न नसक्ने भइसकेको मृत भाइरस वा निष्क्रिय कण पत्ता लगाएको हो भन्ने जाँच गर्नेछ।

गलत परिणामको जोखिम

अहिलेको प्रचलित पीसीआर स्वाब टेस्टले रसायनहरूको सहयोगबाट भाइरसको आनुवंशिक संरचनालाई बढाएर हेर्न सघाउँछ।

त्यसैले स्वाबका नमूनालाई प्रयोगशालामा विभिन्न चरणको प्रक्रिया पार गराएपश्चात् मात्र भाइरस देखिन्छ।

यसैआधारमा कोरोनाभाइरसको परीक्षण गर्दा संक्रमण छ या छैन भन्ने परिणाम प्राप्त हुने गरेको छ । तर, ती नमूनामा कति मात्रामा भाइरस थियो र ती कति सक्रिय संक्रमण गराउन सक्ने खालका हुन्छन् भन्ने नखुल्दा यसले पार्ने असर मुल्यांकन नुहने दाबी सोधकर्ताहरूको छ ।

ठूलो मात्रामा सक्रिय भाइरस शरीरबाट निष्काशन गरिरहेको व्यक्ति र संक्रमणबाट निको भइसकेको तर, मृत भाइरसका कण निष्काशन गरिरहेको व्यक्ति दुवैबाट संकलित नमूनाको परीक्षण गर्दा यो विधिले भाइरसको उपस्थिति भएको मात्रै संकेत दिने विज्ञहरू बताउँछन् ।

तर, प्राध्यापक हेनेगनका अनुसार प्रमाणहरू हेर्दा करिब एक सातापश्चात् कोरोनाभाइरसको संक्रामकता घट्न थाल्छ।

 कस्तो परीक्षण उपयोगी त ?

सबै परीक्षणमा कति सक्रिय भाइरस थिए भनेर हेर्न सम्भव नहुने विज्ञहरू बताउँछन् । तर, निश्चित मात्राको भाइरस भए मात्र पोजिटिभ देखिने परीक्षण विधि विकास गर्न सकिए गलत पोजेटिभ नतिजा आउने सम्भावना कम हुने उनले बताए।

यसले पूरानो संक्रमणले गलत परिणाम देखिने पनि कम हुनेछ। त्यसबाट मानिसहरूलाई क्वारन्टीनमा राख्नुपर्ने अथवा अनावश्यक रूपमा ‘कन्ट्याक्ट ट्रेस’ हुनबाट रोक्ने प्राध्यापक हेनेगन बताउँछन्। अनि त्यसले महामारीको वर्तमान मात्राबारे राम्ररी बुझ्न सहयोग गर्नेछ।

‘पब्लिक हेल्थ इङ्ग्ल्यान्ड’ पनि ‘भाइरल कल्चर’ कोरोनाभाइरस परीक्षण नतिजाको परिणामको आकलन गर्न उपयोगी हुनेमा सहमत भएको छ । उसले हालै त्यस विधिबाट विश्लेषण गरेको बताएको छ।

यसले गलत नतिजा देखाउने खतरालाई कम गर्न प्रयोगशालाहरूसँग काम गरिरहेको जनाएको छ।

भाइरल कल्चर कति चुनौतीपूर्ण ?

यूनिभर्सिटी अफ रेडिङका प्राध्यापक बेन न्यूम्यानका अनुसार  ‘बिरामीको नमूनाबाट भाइरस कल्चर गर्नु सामान्य काम होइन।’ यो धेरै नै जटिल र चुनौतीपूर्ण छ ।

उनी भन्छन्, ‘यस प्रकारको विश्लेषणले गलत तरिकाबाट सार्स-कोभ-२ भाइरस कल्चरको यसको संक्रमण फैलाउने सम्भावनासँग जोडेर देखाउन सक्छ।’

इटलीको एमिलिया-रोमाग्ना क्षेत्रका एक संक्रामक रोग विशेषज्ञ प्राध्यापक फ्रान्सेस्को भेन्टुरेल्ली कोरोनाभाइरस संक्रमणमुक्त भएपछि पनि कति समयसम्म त्यो सक्रिय रहन्छ भन्ने ‘निश्चित’ नभएको बताउँछन्।

‘भाइरस कल्चरमा गरिएका केही अध्ययनअनुसार करिब १० प्रतिशत मानिसमा संक्रमण ठीक भएको आठ दिनपश्चात् पनि भाइरस पाइएको थियो,’ उनले भने।

उनी कोरोनाभाइरस महामारी बेलायतमाभन्दा पहिले इटलीमा उत्कर्षमा पुगेको र आफूहरूले केही सातासम्म कोरोनाभाइरस संक्रमणलाई वास्तविकभन्दा निकै बढी आकलन गरिसकेको बताउँछन्।

लन्डनस्थित इम्पीरीअल कलेजका प्राध्यापक पिटर ओपन्सअले भने, ‘पीसीआर परीक्षण भाइरस शरीरमा रहेका भाइरसका आनुवंशिक अंशको पहिचानका लागि एकदमै संवेदनशील विधि हो।’

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १२ : ४६ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा