विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

विभिन्न ५ प्रदेशमा भारी वर्षाको पूर्वानुमान


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ५ प्रदेशमा सामान्य वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा हल्का वर्षा भईरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो र राति प्रदेश १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ५५ बजे

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति

वसन्तमय तिलोत्तमा (फोटो फिचर)

रुपन्देही – तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो। यो

स्पेनिस ला लिगा : अलाभेस र गिरोनाले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो अलाभेस र गिरोनाले बराबरी

गुजरातका ओपनर गिल र साईको ऐतिहासिक शतक : चेन्नाई ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा