पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले बेनीघाट–आरुघाट सडकखण्ड अवरुद्ध


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा रहेको बेनीघाट–आरुघाट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले आज बिहान गएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए।

बेनीघाट बजारदेखि करिब एक किलोमिटर पूर्वतर्फ माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए ।

“पहिरो फुजेललगायतका क्षेत्रबाट आएका र बेनीघाट हुँदै उक्त सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्”, उनले भने, “पहिरो हटाउनका लागि उपकरण खोज्ने काम भइरहेको छ ।”

पहिरो ठूलो भएकाले तत्काल हटाउन सक्ने सम्भावना भने नहेको उनको भनाइ छ ।

“दिनभरि मेशिन लगाउन सकियो भने हटाउन सकिन्छ भन्ने छ”, उनले भने, “केही दिनअघि मात्र सोही ठाउँमा गएको पहिरो हटाइएको थियो, फेरि आज पनि पहिरो खसेछ ।”

झण्डै ७० मिटरमाथिबाट खसेको ठूलो पहिराले सडक पुरेर बूढीगण्डकी नदीमा पुगेको प्रत्यक्षदर्शीको भनाइ छ ।

“ठूलाठूला ढुङगा पनि पहिरोसँगै खसेको छ, सानो मेशिनले ढुङ्गा पहिरो हटाउनेसक्ने सम्भावना छैन”, प्रत्यक्षदर्शी सुजन लामिछानेले भने, “पहिरो करिब बिहान साढे १० बजेतिर खसेको हो ।” पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमा नै अलपत्र परेको उनले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ५१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम