आज थपिए २५५ कोरोना संक्रमित (जिल्लागत विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए २५५ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार ४ हजार ६९६ जनाको कोरोना परीक्षण गरिएकोमा २५५ जनामा संक्रमण पुष्टि भएको हो ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ५ जना, तेह्रथुमका एकजना, कोशी अञ्चल अस्पताल विराटनगर प्रयोगशालामा झापाका एकजना, सुनसरी २ र इलामका २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एकजना र मोरङका ३ जना, गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा सिराहाका २ जना र सप्तरीका ४ जना, नारायणी अस्पताल वीरगंजमा बाराका एकजना संक्रमति भएका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका १७ जना,बैतडीका २ जना, बझाङका ४ जना, दार्चुलाका एकजना, डोटीका ८ जना, गोरखाका २ जना, कैलालीका १९ जना, कंचनपुरका ७ जना, काठमाडौंका ६ जना र सर्लाहीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासीपूर्वका २ जना र रौतहटका ३२ जना संक्रमित भएका छन् ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा दाङका एकजना, धादिङका एकजना, दोलखाका एकजना, झापाका एकजना, कास्कीका एकजना, काठमाडौंका १० जना, काभ्रेका एकजना, ललितपुरका ७ जना, लमजुङका एकजना, नवलपरासीपुर्वका एकजना, पर्साका एकजना, रामेछापका २ जना, रौतहटका एकजना, सर्लाहीका एकजना, सिन्धुपाल्चोकका एकजना र सुनसरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काभ्रेका एकजना र मोरङका एकजना संक्रमति भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएका परीक्षणमा म्याग्दीका एकजना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ३ जना, पाल्पाका ५ जना र प्युठानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना, दाङका ४ जना, कालिकोटका एकजना र रुकुम पश्चिका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेखको प्रयोगशालामा सुर्खेतका एकजना, चौरजहारी नगरपालिकामा रहेको प्रयोगशालामा रुकुम पश्चिमका ४ जन र जाजगरकोटका एकजना, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २ जना मुगुका २ जना र सुर्खेतका १३ जना संक्रमित भएका छन् ।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा दैलेखका ३ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २ जना, सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ५ जना डोटीका ४ जना कञ्चनपुरका ५ जना र कैलालीका १७ जना संक्रमित भएका छन् ।

२४ घण्टामा २५३ जना डिस्चार्ज 

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार कोरोना फैलिएका ७७ जिल्लामध्ये ५ जिल्ला कोरोना फ्रि भएका छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ४ : ५९ बजे

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन