भिभोको 'वाई थर्टी' नेपाली बजारमा, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

भिभोको ‘वाई थर्टी’ नेपाली बजारमा, यस्ता छन् विशेषता


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिभोले नेपालमा आफ्नो नयाँ फोन वाई थर्टी मोडल सार्वजनिक गरेको छ ।

नेपालमा यो फोन दुई मोडल भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमध्ये चार जीबी र्याम प्लस ६४ जीबी स्टोरेजको फोनको मूल्य २४ हजार ९९९ रुपैयाँ रहेको छ भने चार जीबी र्याम प्लस १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २७ हजार ९९९ रहेको छ ।

यो फोनमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअप रहेको छ । क्यामेराको कुरा गर्दा यसमा पछाडि भागमा चारवटा क्यामेरा रहेका छन् । जसमा १३ मेगापिक्सल, ८ मेगापिक्सेल र २/२ मेगापिक्सेलका क्यामेरा रहेका छन् ।

यी चारवटै क्यामेरामा एआई सपोर्ट रहेको कम्पनीको दाबी छ । यस्तै यसको अगाडि भागमा आठ मेगापिक्सलको सेल्फी क्यामेरा रहेको छ । यो फोनमा सेक्युरिटीका लागि रियर फिंगरप्रिन्ट र फेस रिकग्निसन रहेको छ ।

भिभो वाई थर्टीको स्क्रीनको माथिल्लो कुनामा सानो पञ्च होल क्यामेरा रहेको छ । ६.४७ इञ्चको डिस्प्ले रहेको यो फोनमा १५६० बाई ७२० पिक्सेलको एचडी प्लस रेजोलुसन रहेको छ ।

फोनको सफ्टवेयरको बारेमा कुरा गर्दा यसमा अक्टा कोर मिडियाटेक हेलियो पी थर्टी फाइभ (एमटी ६७६५) प्रोसेसर चिप रहेको छ । बजेट सेग्मेन्टको यो फोनलाई आई भ्यू डिस्प्ले, एआई क्वाड क्यामेरा र पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री ब्याकअपले यो फोनलाई उत्कृष्ट बनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ८ : ५७ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित