छोरीहरुसँग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित) « Khabarhub

छोरीहरुसँग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण लकडाउन लागू भएसँगै फूर्सदिला बनेका मानिसहरु टिकटकमा रमाउन थालेका छन् ।

लकडाउनले घरभित्रै सीमित भएकाहरुको लागि टिकटक दिन कटाउने सजिलो माध्यम समेत बनेको छ ।

चलचित्र क्षेत्रका अधिकांश नायक नायिकाहरु पहिलेदेखि नै टिकटकमा रमाउने गरेको भएपनि अहिले रुची नहुनेहरुले समेत लगाव देखाएका छन् ।

यही मेसोमा पूर्व युवराज्ञी हिमानी शाहको टिकटक भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी टिकटकमा आफ्नी छोरीहरुसँग तालमा ताल मिलाउदै नाचेकी छिन् ।

छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन् । दुई छोरीहरुसंगै हिमानीले गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’गीतमा नाचेकी छन्।

यस्तै अर्को एक भिडियोमा हिमानी टिकटकमा पछिल्लो समय भाइरल डिस्को म्युजिकमा छोरिहरुसँग नाचेकी छिन् । उक्त भिडियो हिमानीकी अर्की छोरी कृतिका शाहले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेकी छन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ९ : ४८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट