सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित) « Khabarhub

सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित)


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाका कारण देशमा लकडाउन जारी रहेको समयमा शुक्रबार अपराह्न सिंहदरबारमा झडप भयो ।

घर फर्कन माग गर्दै असनमा सिंहदरबारको मुख्य गेट अगाडि बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो ।

घर फिर्ताको माग गर्दै धर्ना दिएका उनीहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

२५/३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि झडप भएको थियो ।

‘चिनियाँहरु भित्र पस्न खोजे, त्यसपछि केही बल प्रयोग गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले खबरहबसँग भने ।

झडपमा परि केही चिनियाँ नागरिक र नेपाल प्रहरीका डीएसपीसमेत घाइते भएका छन् ।

चिनियाँले हानेको ढुंगा लागेर महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी हरि बस्नेत घाइते भएका हुन् ।

झडप भएपछि प्रहरीले त्यस छेउछाउमा रहेका प्रदर्शन गरिरहेका ४७ चिनियाँ जनालाई नियन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखेको छ ।

कोरोना भाइरस महामारीका कारण जारी लकडाउनका कारण नेपालमा रोकिएको र आफूहरुलाई घर पठाउन नेपाल स्थित चिनियाँ दूतावासले चासो नदिएपछि उनीहरु सिंहदरबार अघि धर्ना बसेका थिए ।

त्यसअघि उनीहरु बिहीबार भृकुटीमण्डपमा रहेको पर्यटन बोर्डको कार्यालय अघि धर्ना दिन पुगेका थिए ।

नेपाल प्रहरीमाथि हात हाले

आफ्नो देश जान पाउँ भन्दै सिंहदरबार अघि हातमा ‘आई वान्ट टु गो होम, ‘ नो मनी, निड गो होम’ लगायतका प्लेकार्ड लिएर बसेका उनीहरुलाई सुरुमा प्रहरीले निषेधित क्षत्रबाट हटाउन खोजेको थियो ।

ठेलमठेल भइरहँदा एक जना चिनियाँ नागरिकले प्रहरीको बर्दी समाएर ताने । त्यसपछि विवाद थप चर्कियो । हटाउन आएका नेपाल प्रहरीमाथि चिनियाँहरु आक्रमणको शैलीमा उत्रिए । प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि चिनियाँहरु आक्राम भए । चिनियाँहरुले प्रहरी अधिकारीको बर्दी तान्ने गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्‍यो ।

एक चिनियाँ महिलालाई लठ्ठी चार्ज गरेसँगै केही चिनियाँ प्रहरीमाथि जाइलागे । पछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

एसएसपी ज्ञवालीले उनीहरुलाई नियन्त्रणमा लिइएको र नेपालस्थित चिनियाँ दूतावासलाई जानकारी गराउने बताए ।

‘हामीले उनीहरुलाई पठाउने होइन, अब हामीले यसबारे चिनियाँ दूतावासलाई जानकारी पठाउने हो,’ उनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : २० बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल