सरकारले प्रदेशहरुमा पठायो पीसीआर किट | Khabarhub Khabarhub

सरकारले प्रदेशहरुमा पठायो पीसीआर किट


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किट अभावका कारण कोरोना परीक्षण रोकिएका प्रयोगशालाहरुमा सरकारले किट पठाएको छ ।

स्वीस सरकारबाट सहयोग आएको किटहरु स्वास्थ्य सेवा विभागले आज प्रयोगशालाहरुमा पठाएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार किट अभाव भएर पीसीआर परीक्षण प्रभावित भएका प्रयोगशालाहरुमा ५ सय देखि एक हजारका दरले किट पठाइएको हो ।

‘हामीले आज सबै प्रदेशमा किट पठाएका छौं,’ महानिर्देशक श्रेष्ठले खबरहबसँग भने, ‘हामीले सबै प्रयोगशालाहरुमा ५ सय देखि दुई हजार सम्म किट पठाउँदै छौं ।’
महानिर्देशक श्रेष्ठका अनुसार नेपालगञ्जमा एक हजार किट सेनाको हेलिकोप्टर मार्फत पनि पठाइँदै छ ।

उनका अनुसार किट पठाइएका प्रयोगशालाहरुमा आगामी तीन दिन सम्मका लागि अब अभाव देखिने छैन ।

‘दुईचार दिन किट नआएको भए किट अभाव हुने थियो, अब सबै प्रयोगशालामा हामीले किट पठाएका छौं, तीन दिनसम्मका लागि कुनै पनि प्रयोगशालामा किट हुनेछैन,’ महानिर्देशक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार किट अभावकै कारण परीक्षण रोकिएको हेटौंडाको प्रयोगशालामा पनि किट पुर्‍याइएको छ । त्यहाँ पनि अब पीसीआर विधिबाट कोरोना परीक्षण पुन सुचारु हुने छ ।

सरकारले कोरोना पत्ता लगाउन देशभरका १८ वटा स्थानमा पीसीआर मेसिन जडान गरेर प्रयोगशाला स्थापना गरेको छ । तर ,पीसीआर विधिबाट कोरोना परीक्षणमा प्रयोग हुने एक्स्ट्रयाक्स किट अभाव भएपछि केही दिन देखि देशभर नमूना परीक्षणको दर कम हुँदै गएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : ३१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम