भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन, नेपाली कामदार प्रभावित हुने | Khabarhub Khabarhub

भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन, नेपाली कामदार प्रभावित हुने


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- मलेसियन सरकारले जनवरी १ तारिखयता भिसाको म्याद सकिएका नेपालीसहित सबै विदेशी कामदारलाई आआफ्नो देश फर्किन निर्देशन दिएको छ।

मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न भनेको हो।

त्यस्ता विदेशी कामदारलाई यही मे १२ तारिखदेखि २६ सम्म आफ्नो देश फर्किसक्न मलेसियन सरकारले निर्देशन दिएको मलेसियामा रहेको नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख छ।

तर यसरी स्वदेश फर्किननेले कुनै जरिवाना तिर्नु पर्दैन भने मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने पर्दैन।

दूतावासका अनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा मलेसियन अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै एप्समार्फत समय र अनुमति लिनुपर्नेछ।

मलेसियास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ७ : ०१ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा