राहत नपाएको भन्दै मजदूर सडकमा | Khabarhub Khabarhub

राहत नपाएको भन्दै मजदूर सडकमा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको जलजला गाउँपालिका– ३ वारीबेनीमा लकडाउनका कारण खाद्यान्न सङ्कट भएपछि मजदूर सडकमा ओर्लिएका छन् । आज बेनीमा ज्याला मजदूरी गरी गुजारा चलाउँदै आएका ३० भन्दाबढी मजदूर राहतको माग गर्दै घरबाट बाहिर निस्किएर सडकमा आएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण विगत दुई सातादेखि काम गर्न नपाएको र जम्मा गरेको खाद्यान्न सकिएर भोकभोकै बस्नुपर्ने अवस्था आउन थालेपछि राहतको माग गरेको रामेछाप घर भई बेनीमा ज्याला मजदूरी गरी बस्दै आएका आङदावा शेर्पाले गुनासो गरे ।

काम गरेर जीविकोपार्जन गर्दै कोठा भाडामा लिएर बसेका मजदूरले लकडाउनलाई लक्षित गरी जम्मा गरेको खाद्यान्न सकिएको बताएका छन् । उनीहरुले सरकारले राहत पठाए पनि स्थानीय गाउँपालिका र वडा कार्यालयले राहत वितरण नगरेको दुखेसो पोखेका छन् । वडा कार्यालयलगायतका तीन स्थानमा राहतका लागि नाम टिपाए पनि अहिलेसम्म कतैबाट पनि राहत नपाएको बेनी नगरपालिका–५ पुलाचौर घर भई बेनीमा बस्दै आएका मजदूर कमल परियारले बताए ।

धवलागिरि गाउँपालिका–७ ताकम घर भएर वारीबेनीमा बस्दै आउनुभएका टेकबहादुर घर्तीक्षेत्रीले काम नगर्दा पैसा नभएको र पसलबाट पनि उधारो सामान नदिएपछि आफूहरु समस्यामा परेको बताउनुभयो । राहत नपाएपछि समस्यामा परेका मजदूरहरु आज पर्वत बेनीमा भेला भएका थिए ।

उनीहरुले कोरोनाको सङ्क्रमण फैलन नदिन जारी लकडाउनको नियम पालना गर्दागर्दै पनि पेट भोकै राखेर नियम पालना गर्न नसकिने बताएका थिए । जलजला गाउँपालिका–३ का वडाध्यक्ष देविन्द्र भण्डारीले लकडाउनलाई मध्यनजर गर्दै गरिब, विपन्न र मजदूरको लागत सङ्कलन भइरहेको र आवश्यकता अनुसार व्यवस्थित रुपमा राहत वितरणको तयारी भइरहेको जानकारी दिए।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : २९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई