सेनाको रगतले सुत्केरीको ज्यान बच्यो | Khabarhub Khabarhub

सेनाको रगतले सुत्केरीको ज्यान बच्यो


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ ।

शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका-५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको अत्यधिक रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो ।

सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन् ।

सेनाका जवान नेपालीले १ पोका अर्थात् ४०० मिलीलिटर रगत दिएको डा. जोशीले बताए ।

“चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको शरीरमा मङ्गलवार राती रगतको कमी भइ बेहोस भएपछि सेनालाई गुहारेका थियौं” डा. जोशीले भने, “सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं ।”

अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुदैं गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

बैतडीको रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ४ : २४ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको